stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कांग्रेसको निर्वाचन–२०७९, केन्द्रीय परिचालन समितिमा दुई सदस्य थप

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय परिचालन समितिमा दुई सदस्य थप गरेका छन् । देउवाले काठमाडौंका चण्डेश्वर वैद्य र सुर्खेतका केशर रोकायलाई सदस्यमा नियुक्त गरेका हुन् ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन गरिएको समितिमा आज दुई सदस्य थप गरिएको उल्लेख छ ।

prabhu mahalaxmi
kumari