stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

लिङ्गकै आधारमा हिंसा हुने वातावरणको अन्त्य स्वच्छ समाज निर्माणको पहिलो सर्त बन्नुपर्छ –उपप्रमुख डंगोल

महानगरकी उपप्रमुखको अध्यक्षतामा महिला हिंसा विरुद्धको १६ दिने अभियानको तयारी बैठक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा आज महिला हिंसा विरुद्धको १६ दिने अभियानको तयारी बैठक बसेको छ । सामाजिक विकास विभागले आयोजना गरेको बैठकमा लैङ्गिक हिंसा निवारण सञ्जाल काठमाडौँसँग आवद्ध संघ संस्थाका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

बैठकमा उपप्रमुख ‘डंगोलले भन्नुभयो, ‘अभियान चलाइरहेका व्यक्तिहरु यसका लक्षित सहभागी हुनुहुँदैन । अभियानको विषय थाहा नहुनेहरुलाई कार्यक्रममा सहभागी गराउनुपर्छ ।

सीमित र बुझेका व्यक्तिभन्दा बाहिर ल्याएर सबैको जानकारीमा पुग्ने कार्यक्रम गर्नुपर्छ ।’ यस बर्षको कस्तो कार्यक्रम गर्ने सन्दर्भमा कुरा गर्दै उहाँले, विगतमा गरिएका राम्रा र प्रभाव देखिएका कार्यक्रमलाई निरन्तरता दिँदै जनसाधारणको पहुँचमा दिवसको अर्थ बुझाउने खालका कार्यक्रम तर्जुमा गर्न आग्रह गर्नुभयो ।

‘सामाजिक विकास विभागको संयोजनमा महानगरले नेतृत्व गर्ने र सरोकारवाला सबै सहभागी हुन सक्ने कार्यक्रम बनाउनु पर्छ ।’ उपप्रमुख डगोलको भनाइ छ ।

महानगरलाई प्राप्त न्यायिक निरुपणका अधिकारले मेलमिलापका लागि प्रोत्साहन गर्नुपर्छ । कतिपय अवस्थामा मेलमिलाप गराउँदा पीडितमाथि थप पीडा हुन सक्ने संवेदनशीलतालाई विचार गरेर काम गर्नुपर्छ ।

उपप्रमुख डंगोलले वडा महिला सञ्जाल गठन र यसको प्रभावकारिताका बारेमा कुरा गर्दै, घटना र अवस्थाको प्रकृतिअनुसार कतिपय उजुरी तथा मुद्दा प्रहरीमा लैजानु पर्ने बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाले लिङ्गका आधारमा हुने हिंसा नियमनका लागि लैङ्गिक हिंसा निवारण कोष, २०७८, मानव वेचविखन तथा ओसारपसार कार्यविधि २०७८, महिला सञ्जाल गठन तथा सञ्चालन कार्यविधि २०७९ लगायत कानुन जारी गरिसकेको छ ।

सामाजिक विकास विभागका प्रमुख दिपक अधिकारीले भन्नुभयो, ‘वडावडामा निगरानी समूह बनाएका छौँ ।  यी  संयन्त्रको एकीकृत परिणाम आउने गरी काम गर्नुपर्ने अहिलेको आवश्यकता हो ।’

उहाँकाअनुसार अहिले काठमाडौँ महानगरपालिकामा ४ हजार ६१ वटा राष्ट्रिय अन्तरराष्ट्रिय गैरसरकारी संघ संस्थाहरु नविकरण भएका छन् । करिव २ हजार ५ सय संघ संस्था नविकरण हुन बाँकी छन् ।

यी सामाजिक संघ संस्थाहरुले सामाजिक रुपान्तरणका लागि गैरनाफामुलक काम गर्ने लक्ष्य राखेका छन् ।

आर्थिक, सामाजिक र राजनीतिक परिवेशअनुसार हिंसाका घटना फरक हुन सक्छन् । हिंसामा महिला मात्र छन् भन्ने अवस्था छैन ।

यसमा पुरुष र यौनिक अल्पसंख्यक पनि छन् । हिँसाका प्रकृति परिवर्तित छन् । अहिले इन्टरनेटमा आधारित हिंसाका घटना पनि धेरै छन् । यी तथ्यलाई हेरेर अभियानका कार्यक्रम तर्जुनमा गर्नुपर्ने संघ संस्थाका प्रतिनिधिहरुको सुझाव छ ।

बैठकमा विद्यालय उमेरका बालबालिकाहरुलाई लिङ्गका आधारमा हुने हिंसा, यौनजन्य हिंसा तथा इन्टरनेटका आधारित हिंसाका बारेमा ज्ञान दिनु पर्ने, वचावटको सीप सिकाउनु पर्ने आवश्यकता देखाइएको छ ।

महिला, पुरुष वा तेस्रो लिङ्गी भएकै कारण भेदभाव, अपमान, दुव्र्यवहार, शारीरिक, मानसिक, भावनात्मक वा यौनजन्य पीडा सबै हिंसा हुृन् । कानुनले यी सबै प्रकारका गतिबिधिलाई अपराध मानेको छ ।

नेपालमा बोक्सीको आरोप, महिनावारी र सुत्केरी सम्बन्धि मूल्य मान्यता, गाली, बेइज्जती, छुवाछुत, दाइजो, लिङ्ग पहिचानबाट गरिने भ्रुण हत्याजस्ता हिंसा धेरै हुने गरेको तथ्याङ्कले देखाउँछ । यसप्रकारका अपराध हुन नदिन नेपालको संविधानले बिभिन्न अधिकारको व्यवस्था गरेको छ ।

महिलाको हक, शोषण विरुद्धको हक, छुवाछुत र भेदभाव विरुद्धको हक, समानताको हक, न्याय सम्बन्धि हक, अपराध पीडितको हक, बालबालिकाको हकलाई मुख्य रुपमा लिन सकिन्छ ।

सन् १९९१ देखि हरेक बर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म बिभिन्न कार्यक्रमका साथ महिला हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालन हुँदै आएको छ ।

लिङ्गका आधारमा हुने सबै प्रकारका हिंसा र अपराध हटाएर समानतामा आधारित समाज निर्माण गर्नु यस अभियानको मुख्य लक्ष्य हो ।

यो बर्ष ‘सभ्य समाजको पहिचान, लंैङ्गिक हिंसाविरुद्धको अभियान’ नारासहित मंसिर ९ गतेदेखि २४ गतेसम्म विभिन्न कार्यक्रमसहित अभियानका कार्यक्रम सञ्चालन गरिँदैछन् ।

 

prabhu mahalaxmi
kumari