stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

इजरायली राष्ट्रपति हर्जोगले दिए सरकार गठन गर्न नेता न्याहुलाई अनुमति

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले बेन्जामिन नेता न्याहुलाई नयाँ सरकार गठन गर्न अनुमति दिनुभएको छ ।

यहि नोभेम्बर १ मा भएको निर्वाचनपछि राष्ट्रपति हर्जोगले यस्तो निर्देशन दिनुभएको हो । गत वर्ष सत्ता च्यूत हुनुअघिसम्म इजरायलको सबै भन्दा लामो समय प्रधानमन्त्री रहनुभएका नेता न्याहुले अब नयाँ सरकार गठन गर्नुहुने भएको छ ।

राष्ट्रपति हर्जोगले भ्रष्टाचारको आरोपमा उदारवादी नेता न्याहुमाथि चलिरहेको मुद्दाको विषयमा पनि चर्चा गर्नुभएको छ ।

उहाँले सोही मुद्दा अनुसन्धानकै क्रममा रहेको जानकारी समेत दिनुभयो । नेता न्याहुले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आउनुभएको छ । राष्ट्रपतिको अनुमतिसँगै नेता न्याहुले इजरायलमा नयाँ सरकार गठनको तयारी थाल्नु भएको छ ।

prabhu mahalaxmi
kumari