दार्चुलामा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप
दार्चुला । दार्चुलामा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । नौगाड गाउँपालिकामा आइतबार दिउँसो गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
झडपमा परेर गठबन्धनका कार्यकर्ता नौगाड गाउँपालिका–६ धुलिगडाका ३५ वर्षीय जयसिंह धामी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आक्रमणबाट घाइते धामीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।
उनको टाउकोमा रड प्रहार गरिएको प्रहरीले जनाएको छ । चुनाव प्रचारका क्रममा विवाद हुँदा उनीहरुबीच दोहोरो झडप भएको थियो ।
























