citizens life insurance long ad
stcnepal long ad

रुसी सेनाले खेरसनमा आधारभूत पूर्वाधार ध्वस्त पार्‍योस् राष्ट्रपति जेलेन्स्की

Nimb long ad
Prabhu Insurance Long Ad

युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले रुसी सेनाले खेरसन शहर छोड्नु अघि आधारभूत पूर्वाधारहरु ध्वस्त पारेको आरोप लगाउनुभएको छ ।

रुसी सेनाले सोही शहरका महत्वपूर्ण पूर्वाधारहरु बिजुली, पानी र संचार संरचनाहरु ध्वस्त पारेको उहाँको आरोप छ ।

रुसले गत फेब्रुअरीमा युद्ध सुरु भएदेखि कब्जा गरेको एकमात्र क्षेत्रीय राजधानी खेरसन छोडेपछि त्यहाँका जनतामा केही हदसम्म खुशीयाली छाए पनि बिजुली र पानीको अभावमा दैनिकी कष्टकर रहेको छ ।

युक्रेनी सेनाले सोही क्षेत्रका ६० भन्दा बढी बस्तीहरु पुनः नियन्त्रणमा लिन सफल भएको राष्ट्रपति जेलेन्स्कीको भनाइ छ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले युक्रेनले स्थलगत रुपमा युद्ध जितेको दावी गर्दै आगामी दिनमा रुसलाई हराई छोड्ने दावी गर्नुभयो ।

यता अमेरिकाले खेरसन क्षेत्र पुनः युक्रेनको नियन्त्रणमा आउनुलाई असाधारण जित भनेको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षाका सल्लाहकार जेक सुलिभानले युक्रेनी सेनाको सीपका कारण रुसी सेना खेरसन छोड्न बाध्य भएको तर्क गर्नुभएको हो ।

IME Life
kumari