stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अब म्यासेन्जरबाटै खाता खोल्न सकिने स्मार्ट बैंकिङ्गमा फड्को मार्दै एनएमबि बैंक,

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १९ गते शुक्रबार

काठमाडौं । एनएमबि बैंकले स्मार्ट बैंकिङ्ग तर्फ फड्को मार्दै गएको छ । बैंकले अब घरमै बसी फेसबुकको म्यासेन्जर बाटै खाता/मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने सेवा प्रस्तुत गरेको छ ।

वर्तमान प्रतिकुल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च प्रतिफल र असिमित सुरक्षाको सुनिश्चितताको साथ ग्राहकको लागी अनुपम सुविधाले भरिपूर्ण छरितो वित्तीय सुविधाहरु बैंकले पस्किएको हो ।

 

डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ र हामी घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख छौं ।

आफ्ना मूल्यवान ग्राहकलाई बैंकिङ्ग अनुभवहरु परिष्कृत भएको महसुस गर्न फेसबुक म्यासेन्जरकै प्रयोगले खाता/मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको हो । हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकलाई वित्तीय कारोबारहरु सम्पादन गर्न सहयोग पुर्याउने बैंकको एक महत्वपूर्ण योजना हो ।

prabhu mahalaxmi
kumari