stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

११९ वटा पालिकामा हस्तकला ग्राम स्थापना गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ११९ वटा पालिकामा हस्तकला ग्राम स्थापना गर्ने भएको छ । हस्तकला व्यवसाय प्रवद्र्धन गर्न बागमती प्रदेशका ११९ वटा पालिकामा ग्राम स्थापना गर्न लागिएको हो ।

बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले हस्तकला ग्राम गराउने गरी नीति पास गरिसकेकाले चालू आबदेखि नै काम सुरु गरिने जानकारी दिनुभयो ।

हस्तकला व्यवसाय प्रवद्र्धन गरी आन्तरिक र बाह्य बजार विस्तार गर्न बागमती प्रदेशमा हस्तकला ग्राम स्थापना गर्न लागिएको उहाँले बताउनुभयो ।

हस्तकलाका उत्पादन अन्तर्राष्ट्रिय बजारमा निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने हुँदा उत्पादनकर्ताको क्षमता वृद्धि गरी उद्यमशील बनाउन तालिमका कार्यक्रम समेत सञ्चालन गर्न लागिएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । बागमती प्रदेश सरकार, स्थानीय निकाय र उद्यमी मिलेर हस्तकला ग्राम स्थापना गर्न लागिएको हो ।

पछिल्लो तीन वर्षमा नेपालबाट १२ अर्ब रुपियाँ  बराबरका  हस्तकलाका सामान निर्यात भएका छन् । नेपाल हस्तकला महासङ्घका अनुसार आर्थिक वर्ष २०७८/७९ मा चार अर्ब ४० करोड ४४ लाख ८० हजार रुपियाँ बराबरको हस्तकलाका सामान निर्यात भएको थियो ।

त्यसअघि आव २०७७/७८ मा चार अर्ब ३३ करोड ५६ लाख ७४ हजार र आ.व. २०७६/७७ मा तीन अर्ब ६४ करोड ११ लाख तीन हजार रुपियाँको निर्यात भएको महासङ्घको तथ्याङ्क छ ।

महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले अन्तर्राष्ट्रिय बजारमा हस्तकलाको माग कम भएकाले निर्यात बढ्न नसकेको बताउनुभयो । कोरोना सङ्क्रमण र रुस र युक्रेनबीचको युद्धले निर्यात बढ्न नसकेको उहाँको भनाइ छ ।

हस्तकला व्यवसायमा करिब आठ लाख व्यक्ति आबद्ध रहेको महासङ्घको तथ्याङ्क छ । यस क्षेत्रमा थप रोजगारी सिर्जना गर्न सकिने पर्याप्त सम्भावना रहेकाले सरकारले यस व्यवसायलाई प्राथमिकता दिनुपर्ने हस्तकला व्यवसायीको माग छ ।

नेपालबाट पस्मिना उत्पदन, उलनका सामान, फेल्टका सामान, सिल्क, कटन, अल्लो, ढाका, टेक्स्टाइल, चाँदीका सामान, मेटल क्राफ्ट, नेपाली कागज, लेदर, सिसाका सामान, काठ, थान्का, प्लास्टिकका सामान, स्टोन, थाङ्कालगायतका हस्तकलाका सामान निर्यात हुनेगर्छन् ।

नेपालबाट अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, जापान, दक्षिण कोरिया, सिङ्गापुर, भारत, चीनलगायत देशमा हस्तकलाका सामान निर्यात हुनेगर्छ ।

 

prabhu mahalaxmi
kumari