citizens life insurance long ad
stcnepal long ad

युक्रेनमा राजधानी किभ लगायत अन्य सातवटा क्षेत्रमा विद्युत सेवा बन्द भएको घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

युक्रेनको सरकारी विद्युत अपरेटरले राजधानी किभ र अन्य सात वटा क्षेत्रमा विद्युत सेवा बन्द भएको घोषणा गरेको छ । रुसले युक्रेनी उर्जा पूर्वाधारमा लगातार आक्रमण गरेपछि विगत केही सातादेखि विद्युत सेवा प्रभावित भएको हो ।

हिजो विद्युत प्रदायक निकायले नै औपचारिक रुपमा ब्लाकआउटको घोषणा गरेसँगै युक्रेनमा अन्धकार छाएको छ । रुसी सेनाले युक्रेनी शहर तथा गाउँहरुलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरिरहेको छ ।

रुसले नागरिकको जनजीवन प्रभावित गर्ने गरी विद्युत गृह, पानी आपूर्तिमा असर पर्ने गरी आक्रमण गरिरहेका छन् । विगत नौ महिनादेखि रुसी युद्ध झेलिरहेका युक्रेनीलाई पछिल्लो समय चिसो मौसममा पानी र विद्युत प्रवाहमा नै असर परेपछि जनजीवन कष्टकर बनेको छ ।(

IME Life
kumari