citizens life insurance long ad
stcnepal long ad

विभिन्न अपराधमा कैदी भोगेकाहरूलाई रुसले युक्रेन युद्धमा सहभागी गराउने

Nimb long ad
Prabhu Insurance Long Ad

रुसले हालै जेल छाडेर भागेका गम्भीर अपराधमा दोषी ठहर भएकाहरूलाई सैन्य भर्ति गर्ने भएको छ । राष्ट्रपति भ्लादिमीर पुटिनले कैदीबन्दी र जेल छाडेर भागेकाहरूलाई युक्रेन युद्धमा सहभागी हुनेगरी कानून संशोधन गरेको बताइएको छ ।

विभिन्न अपराधमा संलग्न भएर सजाय भोगिरहेकालाई पनि युक्रेन युद्धमा सहभागी हुनेगरी कानून संशोधन गरिएको बीबीसीले जनाएको छ ।

युक्रेनमा विभिन्न अपराधमा संलग्न भएर सजाय भागिसकेकालाई पनि राज्यले दिने विभिन्न सेवा सुविधाबाट वञ्चित गराइएको छ । यसैबीच युक्रेनमा आक्रमणमा क्रमम रुसी सैनिकले अपराध गरेको आरोप पनि लगाइएको छ ।

युक्रेन सम्बन्धी स्वतन्त्र अन्तर्राष्ट्रिय आयोगले गत सेप्टेम्बरमा जारी सार्वजनिक गरेको प्रतिवेदन अनुसार रुसी सेनाले युक्रेनमा आक्रमणका क्रममा नागारिक हत्या र यौन हिंसासहित विभिन्न युद्ध अपराध गरेको छ ।

युक्रेन आफैंले रुसी सेनाले आफ्नो मुलुकमा आक्रमणका क्रममा युद्ध अपराध गरेको बताउँदै आएको छ ।

यता रुसले भने युक्रेन आफैंले नागरिकमाथि जथाभावी आक्रमण गरेर विद्राही नियन्त्रित क्षेत्रमा नागरिकमाथि ज्यादती गरेको आरोप लगाएको छ । तर, रुसको उक्त आरोपमा युक्रनले खण्डन गरेको छ ।

IME Life
kumari