citizens life insurance long ad
stcnepal long ad

युक्रेनभर खानेपानीको हाहाकार, हजारौ मानिस घण्टौ लाममा बस्न बाध्य

Nimb long ad
Prabhu Insurance Long Ad

रुसी फौजले संवेदनशील क्षेत्रलाई लक्षित गर्दै पचास भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेपछि युक्रेनभरको विद्युत तथा पानीको आपूर्ति नराम्ररी प्रभावित भएको छ ।

राजधानी किभमा ८० प्रतिशत बासिन्दा बिना पानी र करिब तीन लाख पचास हजार अपार्टमेन्ट विद्युतविहीन अवस्थामा पुगेका छन् । खानेपानीका लागि मानिसहरुका लाम देखिएका छन् ।

उत्तर–पूर्वी सहर खार्किभमा पनि ऊर्जा आपूर्ति परिसरहरूमा क्षेप्यास्त्र आक्रमण गरिएका छन् । रुसले आफ्नो लामो दूरीको सटिक हतियारले युक्रेनको सैनिक कमान्ड र ऊर्जा प्रणालीमा लक्षित आक्रमण गरेको जनाएको छ ।

रुसी रक्षा मन्त्रालयले सम्पूर्ण निर्धारित वस्तुमाथि प्रहार गरिएको जनाएको छ । रुसले अधिनस्थ क्राइमियामा रहेका आफ्ना ब्ल्याक सी फ्लिटमा युक्रेनले ड्रोन आक्रमण गरेको आरोप लगाएपछि रुसी क्षेप्यास्त्र हमला सुरु भएको हो ।

किभ नजिकको एउटा ऊर्जा परिसर रुसी आक्रमणमा क्षतिग्रस्त भएपछि किभमा पानीको अभाव हुन थालेको स्थानीयले जनाएका छन् । विद्युत आपूर्ति पुनस् सुचारु गर्न प्राविधिकहरु परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् ।

IME Life
kumari