citizens life insurance long ad
stcnepal long ad

नेप्से १२.८१ अंकले घटयो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सेयर बजार परिसूचक आज कात्तिक २ गते बुधबार दोहोरो अंकले घटेको छ । नेप्से १२.८१ अंकले घटेर १ हजार ८ सय ४५ दशमलव ५१ विन्दुमा झरेको छ ।

आज होटल र म्युचुअल फन्डबाहेक सबै समूहको सेयर घटेको छ । २ सय १६ वटा कम्पनीको २१ लाख ५१ हजार कित्ता सेयर ६४ करोड ३६ लाख रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ। सबैभन्दा धेरै सोल्टी होटलको तीन करोड ७२ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको सेयर साढे ६ प्रतिशत र साम्लिङ पावर कम्पनीको सेयर ६ प्रतिशतले घटेको छ।

समग्रमा बजार घटे पनि अभियान लघुवित्त र सयपत्री हाइड्रोको सेयर १० प्रतिशतले बढेको नेप्सेले जनाएकोे छ ।

IME Life
kumari