citizens life insurance long ad
stcnepal long ad

रुसको आवासीय क्षेत्रमा सैन्य लडाकु विमान खस्दा चार जनाको मृत्यु

Nimb long ad
Prabhu Insurance Long Ad

रुसको दक्षिणी शहर एसकस्थित आवासीय क्षेत्रमा एउटा सैन्य विमान खसेपछि कम्तीमा चार जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

विमान खसेपछि एउटा अपार्टमेन्टमा आगो लागेको थियो । रुसी रक्षा मन्त्रालयले सैन्य प्रशिक्षणको क्रममा रहेको सु(३४ लडाकु विमानको एउटा इन्जिनमा अचानक आगो लागेपछि विमान दुर्घटनाग्रस्त भएको जनाएको छ ।

विमानमा सवार पाइलटहरू भने विमान खस्नुअघि नै प्यारासुटबाट सुरक्षित अवतरण गर्न सफल भएका थिए । घटनाबारे छानबिन गर्न गठित सरकारी समितिले अनुसन्धानलाई अघि बढाउँदै अनुसन्धानकर्ताहरूलाई घटनास्थलमा पठाइसकेको छ ।

IME Life
kumari