stcnepal long ad
global ime bank long

कोरोना उपचार कोषमा एनआरएनएका पूर्व अध्यक्ष शेष घलेको रु तीन करोड सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १५ गते सोमबार

काठमाडौँ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले नियन्त्रण कोषमा एमआइटी ग्रुप फाउण्डेशन नेपालले रु तीन करोड सहयोग गर्ने भएको छ ।

फाउण्डेशनकोका निर्देशक सुरेश चित्रकारले जारी गरेको विज्ञप्तिमा गैरआवासीय नेपालीहरु शेष घले तथा जमुना गुरुङद्वारा स्थापित फाउण्डेशनले कोरोना महामारी नियन्त्रणमा सङ्घर्ष गरिरहेका नेपालीलाई सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरेको उल्लेख छ ।

कोषका प्रतिनिधिले प्रधानमन्त्री कार्यालयमा सचिव नारायणप्रसाद विडारीलाई चेक हस्तान्तरण गरे । “यात्रामा भइरहेको अवरोधका कारण स्वयं उपस्थित हुन नसकेको हुँदा प्रतिनिधिमार्फत उक्त रकम हस्तान्तरण गरेको हो”, फाउण्डेशनका अध्यक्ष शेष घलेले भने ।
यो रकम सरकारले कोरोना नियन्त्रण र निर्मूलका लागि परीक्षण, निगरानी र उपचारका लागि खर्च गर्न सदुपयोग हुने उनको विश्वास छ ।” नेपालमा आइपरेका ठूला विपद्हरु भूकम्प, नाकाबन्दी तथा बाढीका बेला पनि फाउण्डेशनले सहयोग गर्दै आएको निर्देशक चित्रकारले उल्लेख गरे ।

IME Lifesidebar
kumari