stcnepal long ad
global ime bank long

नेकपा सचिवालय बैठक आज

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १६ गते मंगलबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताबीच सोमबार भएको छलफलमा सचिवालय र स्थायी कमिटीको बैठक बोलाउने सहमति भएको छ । नेकपाका शीर्ष नेताहरूले छुट्टाछुट्टै विभिन्न तहमा छलफल गरी यो सहमतिमा पुग्नुभएको हो । सहमति अनुसार सचिवालय बैठक मङ्गलबार बस्ने छ ।
सचिवालय सदस्य झलनाथ खनालका अनुसार सोमबार शीर्ष नेताहरूको बीचमा भएको छलफलब मोजिम सचिवालय र स्थायी कमिटीका बैठक तत्कालै बोलाउने सहमति भएको छ । खुमलटारमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा आफूले पार्टी तथा सरकारलाई चुस्त गतिमा सञ्चालन गर्न पार्टी बैठक अनिवार्य बोलाउनुपर्ने सुझाव दिएको भन्दै उहाँले मङ्गलबारका लागि सचिवालयको बैठक बोलाइएको जानकारी दिनुभयो ।
सचिवालय बैठकले नै स्थायी कमिटीको बैठक बोलाउने निर्णय गर्न सक्ने स्थायी समितिका सदस्य भीम रावलले बताउनुभयो । शीर्ष नेताहरूको छलफलमा सहभागी हुनुभएका नेता रावलले पार्टी तथा सरकारलाई प्रभावकारी तवरबाट सञ्चालन गर्नका लागि सचिवालय र स्थायी कमिटीको बैठक आवश्यक रहेकोप्रति सबै नेताले जोड दिनुभएको उहाँको भनाइ छ ।

         

यस अघि स्थायी कमिटीका २० जना सदस्यले बैठकको माग गरी पार्टी अध्यक्षलाई लिखित पत्र नै दिएको उहाँले बताउनुभयो ।
सोमबार नै नेकपाका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका सचिवालय सदस्य माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको थियो । त्यसपछि नेता नेपालको निवास कोटेश्वरमा पनि शीर्ष नेताहरूको बीचमा छलफल भएको थियो ।
सो छलफलमा नेता नेपालसहित सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, स्थायी समिति सदस्य एवं परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, नेताहरू भीम रावल, रघुजी पन्त, सुरेन्द्र पाण्डे लगायतको उपस्थिति थियो । त्यसैगरी, सोमबार नै नेकपाका अध्यक्ष प्रचण्ड र सचिवालय सदस्य झलनाथ खनालबीच पनि खुमलटारमा छलफल भएको थियो ।

IME Lifesidebar
kumari