stcnepal long ad
global ime bank long

कोरोना भाइरस रोकथामका लागि सेना तयारीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १३ गते शनिबार

भैरहवा । कोभिड–१९ संक्रमणको नियन्त्रण तथा रोकथाम र उपचारका लागि नेपाली सेना तयारी अवस्थामा रहेको छ । सेनाको प्रदेश नं ५ मा रहेको मध्यपश्चिम पृतना हेडक्वार्टर बुटवलले यसको नियन्त्रण तथा रोकथाम र उपचारका लागि क्वारेन्टाइन, आइसोलेशन र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखेको छ ।

मध्यपश्चिम हेडक्वार्टरका प्रमुख उपरथी सीताराम खड्काले प्रदेशका सबै ब्यारेकमा कुल ४५३ शय्याको क्वारेन्टाइन, १०० शय्याको आइसोलेशन वार्ड, हेल्थ डेस्क, ‘रेपिड रेस्पोन्ट’ टिम र ‘पेसेन्ट रिसिभिङ’ टिमलाई तयारी अवस्थामा राखिएको जानकारी दिए । प्रदेशको अन्तरराष्ट्रिय सीमा क्षेत्रमा आठ, प्रदेश सीमामा तीन र जिल्लामा पाँच हेल्थ डेसक स्थापना गरेको मध्यपश्चिम पृतना हेडक्वाटरको सूचना शाखाले जनाएको छ । सेनाले प्रदेशभरि १२१ आफ्ना स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा राखिएको जनाएको छ ।

बन्दाबन्दीको कार्यान्वयन गराउनका लागिसमेत नेपाली सेनाले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसँगको सहकार्यमा नियमित गस्तीलाई तीव्र बनाएको छ । सेनाले प्रदेशका सबै जिल्लामा औसत २० पैदल गस्ती र ११५ मोटर गस्ती गरिरहेको मध्यपश्चिम पृतना हेडक्वार्टरका प्रमुख उपरथी खड्काले जानकारी दिए ।

कोरोना भाइरसको महामारीको अवस्थामा आए थप क्वारेन्टाइन र आइसोलेशन स्थापना गर्ने स्थानको पहिचान तथा सेनाको प्राविधिक टोलीलाई छोटोछरितो उपचारमा खटिने तालीमको व्यवस्थासमेत गरिएको बताइएको छ । नेपाली सेनाले सबै प्रदेश र राजधानीमा गरी चार हजार ६२१ शय्याको क्वारेन्टाइन, ५९२ शय्याको आइसोलेशन वार्ड निर्माण तथा विशेष तालीमप्राप्त प्राविधिक र स्वास्थ्यकर्मी पाँच हजार ३०८ खटाएको सैनिक मुख्यालयले जनाएको छ । रासस

IME Lifesidebar
kumari