भदौ २९ गतेसम्म हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिन पाइने
काठमाडौं । हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद भदौ २९ गतेसम्म रहेको छ । पहिलो चरणमा सबै बिक्री नभएपछि आवेदन दिने समय लम्ब्याएर भदौ २९ गतेसम्म पुर्याइएको हो ।
बैंकले भदौ १५ गतेबाट १ हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख युनिट ऋणपत्र बिक्री खुला गरेको हो ।
यसमध्ये १५ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख युनिट सर्वसाधारणका लागि खुला गरिएको हो । यसबाट सामूहिक लगानी कोषलाई पनि ५५ छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाई पाउनेछन् ।
यो ऋणपत्रमा वार्षिक १०.५०% ब्याजदर पाइनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम २ लाख ५० हजार इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको “हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गरेको हो ।
बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गरेको छ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।


























