citizens life insurance long ad
stcnepal long ad

पर्यटकका लागि छैन योजना

Nimb long ad
Prabhu Insurance Long Ad

रुकुमपूर्व । मुलुक सङ्घीय गणराज्य भएसँगै साबिकको रुकुमबाट छुट्टै जिल्ला बनेको रुकुमपूर्र्वलाई नेपाल सरकारले हिमाली जिल्लाको सूचीमा राखेको छ । २०७४ असोज १९ गतेको राजपत्रमा रुकुमपूर्व ‘क’ वर्गको हिमाली जिल्लामा सूचीकृत छ ।

हिमाली जिल्लामा देशभरका १९ र रुकुमपूर्वसहित एक गरी २० जिल्ला भएका छन् । रुकुमपूर्वमा धेरै हिमाल तथा हिमशृङ्खला रहेकाले ‘क’ वर्गकै हिमाली जिल्लाका रूपमा सूचीकृत गरिएको हो । पाँच हजार मिटरभन्दा अग्ला करिब आधा दर्जन हिमाल यसै जिल्लामा छन् ।

सात हजार २४६ मिटर अग्लो पुथा, छ हजार ५३६ मिटर अग्लो दोगारी, पाँच हजार ९२४ मिटर अग्लो साम्जाङ, पाँच हजार ९११ मिटर अग्लो सिस्ने र पाँच हजार ८३३ मिटर अग्लो ङिम्कुँ गरी पाँचवटा हिमाल यहाँ छन् ।

पुथा, दोगारी, साम्जाङ र ङिम्कुँ चार हिमाल पुथाउत्तरगङ्गा गाउँपालिका–१ र २ वडामा छन् । सिस्ने हिमाल सिस्ने गाउँपालिका–१ मा अवस्थित छ । पुथा र सिस्ने यी दुई हिमालबाट गाउँपालिकाको नामकरण गरिएको छ ।

त्यसकारण यी दुई हिमाल पछिल्लो समय चर्चामा छन् तर दोगारी, साम्जाङ र ङिम्कुँ तीन हिमाल भने गुमनाम अवस्थामा छन् । तर, पनि सबै पर्यटकीय गन्तव्य सुनसान छन् । उचित प्रचारप्रसार हुन सकेको छैन ।

आफ्नै प्रदेशमा रहेका हिमालहरूको महìवप्रति प्रदेश सरकार नै बेखबर छ । स्थानीय निकायका लागि हिमालहरू ‘ल्हासामा सुन छ कान मेरो बुच्चो’ उखानजस्तै भएका छन् ।

आफ्नो नियमित कार्यक्रम बाहेक हिउँचुलीलाई मध्यनजर गरेर छुट्टै पर्यटन विकासका लागि प्याकेजका कार्यक्रम नरहेको पुथाउत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले बताउनुभयो ।

“हालसम्म पत्ता लागेका हिमालहरूलाई प्रचारप्रसार गर्नका लागि पुथा सर्किट मार्फत गाउँपालिकामा अवस्थित हिमशृङ्खलालाई थप अध्ययन अनुसन्धान गर्ने सोचमा छौँ,” अध्यक्ष घर्तीमगरले भन्नुभयो, “पुथा सर्किटमार्फत थप अध्ययन अनुसन्धानबाट आएको प्रतिवेदनअनुसार पहलकदमी चालिनेछ ।”

सो गाउँपालिकामा रहेका हिमालहरू एउटै हिमशृङ्खलामा छन् । सिस्ने गाउँपालिकाका पनि सिस्ने हिमालसम्बन्धी छुट्टै पर्यटन प्रवद्र्धनका कार्यक्रम नभएको जनाएको छ । प्रदेश सरकारले त यस विषयमा चासो नै राखेको पाइँदैन । आजको गोरखापत्र दैनिकबाट

IME Life
kumari