citizens life insurance long ad
stcnepal long ad

असोज १३ गते एसियन लाइफ इन्स्योरेन्सको  वार्षिक साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले १५.२६ प्रतिशत लाभांश प्रस्ताव सहित असोज १३ गते वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभामा कम्पनीले सेयरधनीलाई १४.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७६ प्रतिशत नगद गरी कुल १५.२६प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभामा कम्पनीको हाल कायम पुँजी संरचना परिवर्तन गरेर संस्थापक समूहको ५ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव छ ।

हाल कम्पनीमा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत हिस्सा रहेको छ ।

सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

प्रस्तावित बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा छ । सभा होटल क्लासिक सिमरा, बारामा बिहान ११.३० बजे सुरु हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले असोज ४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज ३ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

IME Life
kumari