stcnepal long ad
global ime bank long

आफ्नो गोदामको कुहिएको दाल किनेर राहत बाँडेको भन्दै मेयर पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ९, २०७७ मंगलबार

बारा । राहतका नाममा कुहिएको दाल बिक्री गरेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई पक्राउ गरेको छ ।

राहतमा बाँड्नका लागि वडाध्यक्षहरुलाई चार वर्ष पूरानो दाल बेचेको पाइए पछि उनलाई पक्राउ गरिएको हो । बाराका एसपी कृष्ण पंगेनीका अनुसार रायले राहतका लागि भन्दै कुहिएको दाल आफू निकटका केही वडाअध्यक्षहरुलाई बिक्री गरेको यसअघि पक्राउ परेका वडाध्यक्षहरुबाट खुल्न आएको हो ।

कुहिएको दाल बेचेको घटनामा संलग्न वडाध्यक्षहरुसहित आठ जना यसअघि नै पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा कलैया–१ का वडाध्यक्ष हरिओम साह, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का वडासचिव खेदु मियाँ, कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैन, कैलाली वडा नम्बर ११ का अध्‍यक्ष सर्वनारायण चौधरी, वडा नम्बर १३ का अध्‍यक्ष राजनप्रसाद कुर्मी र वडा नम्बर २६ का अध्‍यक्ष महेश साह छन् ।

काँग्रेसका पूर्वसाँसद राधेचन्द्र यादवको नाममा रहेको कैलाली ७ स्थित यादव आइस एन्ड कोल्ड स्टोर मेयर रायले सञ्चालन गर्दै आएका छन् । उनी यादवका छोरा हुन् । राहत वितरणमा गुणस्तरहित खाद्यवस्तु सोही स्टोरबाट खरिद गरिएको थाहा भएपछि प्रहरीले सिल गरिसकेको छ ।

IME Lifesidebar
kumari