सांग्रिला डेभलपमेन्ट बैंकले ५९ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाए
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५९ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा अघिल्लो वर्षको भन्दा ४५.२९ प्रतिशत ले धेरै हो । अघिल्लो वर्ष बैंकले ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ४४.८८ प्रतिशत र ४६.६९ प्रतिशत ले बढेको छ ।
यसअवधिमा बैंकको वितरण योग्य नाफा पनि २०.८८ प्रतिशत ले बढेर ३४ करोड ८६ लाख रुपैयाँ पुगेको छ । बैंकको निक्षेप संकलन र कर्जा लगानी क्रमशः १६.६९ प्रतिशत र २३.६० प्रतिशतले बढेको छ । यसको खराब कर्जा घटेर ०.९८ प्रतिशत मा झरेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५६ पैसाले बढेर १९ रुपैयाँ ७९ पैसा भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ५२ पैसा छ ।























