citizens life insurance long ad
stcnepal long ad

बेस्ट फाइनान्सको नाफामा आकर्षक वृद्धि, मुनाफा वृद्धि 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बेस्ट फाइनान्सले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्ममा यस फाइनान्सको खुद नाफामा भारी वृद्धि भएको छ । खुद नाफा १०२.९६ प्रतिशतले बढेर १६ करोड ७२ लाख १ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसले ८ करोड २३ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै यसको नाफामा आकर्षक सुधार भएको हो ।

यसको खराब कर्जामा पनि सुधार भएको छ । साथै, बेस्टले इम्पेरमेन्ट चार्ज रिभर्स गरेकाले पनि नाफामा आकर्षक वृद्धि गर्न सफल भएको हो । असार मसान्तसम्म आइपुग्दा यसको रिजर्भ कोष ३७.३३ प्रतिशत ले बढेको छ । बेस्टको रिजर्भमा ५६ करोड ८६ लाख २२ हजार रुपैयाँ जम्मा भएको छ ।

अघिल्लो आ.व.को सोही अवधिमा यसको रिजर्भमा ४१ करोड ४० लाख रुपैयाँ जम्मा भएको थियो। यसको कस्ट अफ फन्ड बढेको छ ।

खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी १० रुपैयाँ २३ पैसाले बढेर २० रुपैयाँ १७ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ २५ पैसा रहेको छ ।

IME Life
kumari