स्टान्डर्ड चार्टर्ड बैंकको गत आर्थिक वर्षको खुद नाफा ६२.१७% बढ्यो
काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको आन्तिम त्रैमासमा अधिकांश सूचकमा प्रगति गरेको छ । खुद नाफासँगै प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको छ ।
खुद नाफा ६२.१७ प्रतिशत बढेको हो । खुद ब्याज आम्दानी ४४.८६ प्रतिशत ले बढेको छ । गत वर्षको तुलनामा इम्पेयरमेन्ट चार्जमा उल्लेख्य कमी आएपछि सञ्चालन नाफा ६१.५४ प्रतिशत ले बढेको छ । जसका कारण खुद नाफामा पनि राम्रो सुधार भएको हो । वितरणयोग्य नाफा पनि बढेको छ ।
असार मसान्तसम्म आइपुग्दा निक्षेप संकलन र कर्जा लगानी पनि विस्तार भएको छ । चार्टर्डको रिजर्भ कोषमा सामान्य दबाब परेपनि रिटेन्ड अर्निङ शीर्षक भने उल्लेख्य सुधार भएको छ ।
कस्ट अफ फन्ड बढेको छ भने खराब कर्जामा कमी ल्याएको छ । खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी ७ रुपैयाँ २५ पैसाले बढेर २४ रुपैयाँ ७ पैसा पुगेको छ ।
























