stcnepal long ad
global ime bank long

अमेरिकामा एक करोड ४० लाखभन्दा बढी बालबालिकालाई कोभिड सङ्क्रमण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । अमेरिकामा कोरोना भाइरसको प्रकोप सुरु भएदेखि यता एक करोड ४० भन्दा बढी बालबालिकालाई कोरोना सङ्क्रमण भएको पाइएको छ।

त्यहाँको अमेरिकन एकेडमी अफ पेडियाट्रिक्स (एएपी) र बाल अस्पताल संस्थाले सो कुराको जानकारी दिएको हो।

उक्त संस्थाहरूले गएको ४ हप्तामा मात्र कम्तीमा पनि तीन लाख ११ हजार जना बालबालिकामा कोभिडको सङ्क्रमण भएको बताएको छ।

सन् २०२२ मा मात्र अनुमानित ६१ लाख बालबालिकालाई कोभिडको सङ्क्रमण भएको देखिएको एएपीले जनाएको छ।

उमेर समूहअनुसार कसलाई कुन रूपमा कोभिडको सङ्क्रमण भयो र के कस्तो असर गर्‍यो भन्ने विषयको अनुसन्धान आवश्यक रहेको देखिएको बताइएको छ।

सो सम्बन्धी अनुसन्धानबाट बालबालिकामा देखिएको कोभिडको असरका साथै मानसिक तथा अन्य असर पत्ता लगाउनुपर्नेमा पनि सो संस्थाले जोड दिएको छ।

कोभिडको सङ्क्रमण सुरु भएपछि अमेरिकामा धेरै मानिसको मृत्यु भएको छ। यसको असर बालबालिकामा पनि परेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ।

IME Lifesidebar
kumari