citizens life insurance long ad
stcnepal long ad

राष्ट्रसंघको महासभामा उच्चस्तरीय सहभागिता हुने तयारी : परराष्ट्र मन्त्रालय

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७७औँ महासभामा नेपालबाट उच्चस्तरीय सहभागिता हुने तयारी स्वरुप गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

सिंहदरबारमा बुधबार नियमित पत्रकार भेटघाटका क्रममा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भनिन्, “नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय भएपछि हामी जानकारी गराउने नै छौँ, हामीले उच्चस्तरीय भ्रमणका लागि आन्तरिक गृहकार्य सुरु गरिसकेका छौँ ।”

प्रवक्ता लम्सालले महासभामा मुलुकको उच्चस्तरीय भ्रमण होस् भन्ने चाहना रहेको र विश्वभरका सरकार वा राष्ट्रप्रमुख सहभागी भई सम्बोधन गर्ने ‘फोरम’ भएकाले त्यसैगरी भ्रमण हुने अपेक्षासहित परराष्ट्रको तयारी रहेको जानकारी गराइन् ।

कुन तहको भ्रमण हुन्छ भन्ने कुरा भने मन्त्रिपरिषद्को निर्णयपछि मात्रै यकिन हुने उनको भनाइ थियो । महासभा आगामी सेप्टेम्बर १३ मा सुरु हुँदैछ ।

नेपाल बहुपक्षीय कूटनीतिमा बढीभन्दा बढी सक्रिय सहभागी भई त्यसमा आफ्नो मुलुकको हितमा सख्त उपस्थिति देखाउने प्रयास जारी रहेको पनि उनले जानकारी दिइन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका विषयमा पत्रकारले सोधेको जिज्ञासामा प्रवक्ता लम्सालले एउटा तहमा गृहकार्य गरिएको जानकारी दिँदै भनिन्, “दुवै पक्षको अनुकूलता भएपछि मात्रै घोषण हुनेछ ।”

IME Life
kumari