stcnepal long ad
global ime bank long

विदेश भ्रमणमा जानेलाई डलर सटहीमा कडाइ

विदेश घुम्न जाने नेपाली नागरिकले अब २०० डलर मात्र सटही सुविधा पाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकले डलर सटहीमा कडाइ गरेको छ । जस अनुसार विदेश घुम्न जाने नेपाली नागरिकले अब २०० डलर मात्र सटही सुविधा पाउने भएका छन् ।

विदेशी मुद्राको सञ्चितीमा चाप परेपछि केन्द्रीय बैङ्कले सटही सुविधा खुम्च्याएको छ । यसअघि एक राहदानीबापत १५ सय डलरसम्म सटही सुविधा थियो ।

राष्ट्र बैंकले आज बुधबार एक सर्कुलर जारी गर्दै मनिचेन्जरले विदेश भ्रमणमा जाने नेपालीलाई एक राहदानी बापत अधिकतम २०० अमेरिकी डलरसम्म सटही सुविधा दिन सक्ने जनाएको छ ।

चालु आर्थिक वर्षमा मात्र विदेश भ्रमणका लागि नेपालीले झन्डै पौने एक खर्ब खर्च गरिसकेका छन् ।

IME Lifesidebar
kumari