stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

५ अर्बको ऋणपत्र बिक्री गर्दै सिभिल बैंक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिभिल बैंकले ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड ९सेवोन० मा आवेदन दिएको छ ।

बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिन दिएको हो । बैंकले असार १६ गते बोर्डमा आवेदन दिएको थियो ।

बोर्ड अनुपति पाएपश्चात बैंकले ११ प्रतिशत ब्याजदर भएको ‘सिभिल बैंक डिबेञ्चर–२०८४’ निष्काशन तथा बिक्री खुला गर्नेछ । बैंकको उक्त ऋणपत्रको अवधि ५ वर्षको रहेको छ ।

बैंकले १ हजार अंकित मूल्यका कूल ५० लाख इकाइ निष्काशन गर्नेछ । जसमध्ये २० लाख इकाइ सर्वसाधारणका लागि र ३० लाद इकाइ ब्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

बैंकको उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

prabhu mahalaxmi
kumari