stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

श्रीलंका संकटबारे भारतमा सर्वदलीय बैठक बस्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । श्रीलंका संकटबारे भारतमा आज सर्वदलीय बैठक बस्ने भएको छ।तमिलनाडुका दलहरूले श्रीलंका संकटमा हस्तक्षेप गर्न अपिल गरेपछि सरकारले श्रीलंकाको उथलपुथललाई लिएर मंगलबार सर्वदलीय बैठक बोलाएको हो।

अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकरले सर्वदलीय बैठकमा श्रीलंकाको संकटबारे विभिन्न राजनीतिक दलका नेताहरूलाई जानकारी दिनेछन्।

आइतबार भएको एउटा सर्वदलीय बैठकमा डिएमके र एआक्इडिएमकेले सात दशकमा सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छिमेकी देशको संकटमा भारतले हस्तक्षेप गर्न माग गरेको थियो।

विभिन्न च्यानल मार्फत् सहायता पठाउन बाहेक भारतले अहिलेसम्म संकटमा प्रत्यक्ष हस्तक्षेप गरेको छैन। भारतले श्रीलंकालाई प्रजातन्त्र, स्थायित्व र आर्थिक पुनरुत्थानका लागि सहयोग गरिरहने वचन दिएको छ।

गत साता चर्को विरोधबीच गोटावाया राजापाक्षेले राष्ट्रपति पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे संकटग्रस्त देशको कार्यवाहक राष्ट्रपतिको रूपमा नियुक्त भएका थिए। श्रीलंकाको संसदले बुधबार नयाँ राष्ट्रपति चयन गर्ने भएको छ।

श्रीलंकाको विरोध आन्दोलन आइतबार सयौँ दिनमा पुगेको छ। प्रदर्शनकारीहरूले देशको आर्थिक उथलपुथलको लागि राजापाक्षे परिवारलाई दोष लगाउँदै आएका छन्।

prabhu mahalaxmi
kumari