stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राप्ती हाइड्रोको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्कासन गरेको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले असार २९ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको आइपिओमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता निष्कासन गरिएको हो।

 

 

 

 

कम्पनीले निष्कासन गरेको कुल सेयरमध्ये ७० हजार ९८८ कित्ता कर्मचारीहरूका लागि १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ भने बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सकिनेछ।

उक्त आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आइपिओमा लगानीकर्ताले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्।

आइपिओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आइआर बी रेटिङ प्रदान गरेको छ। यसले दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

आइपिओ निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड र सहधितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै आवेदकले सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयर एपमार्फत् आइपिओमा आवेदन दिन सक्नेछन्।

 

prabhu mahalaxmi
kumari