stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

वैदेशिक रोजगारीमा ऐतिहासिक श्रम स्वीकृति

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीको इतिहासमै सबैभन्दा बढी श्रमिकले विदेश गएर काम गर्न सरकारबाट श्रमस्वीकृति लिएका छन् ।

सरकारले श्रमस्वीकृति लिएर विदेश जान अनुमति दिएको तथ्यांक राख्न थालेको २९ वर्षमा चालू आवमा सबैभन्दा बढी श्रमिकले अनुमति लिएका हुन् ।

 

वैदेशिक रोजगार विभागले २०५० सालदेखि श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्यांक राख्न सुरू गरेको थियो । चालू आर्थिक वर्षमा श्रमस्वीकृति लिएका विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख १४ हजार ६८० पुगेको छ ।

यो तथ्यांक काठमाडौं बाहिरका ६ वटा श्रम कार्यालयबाट गरेको पुन: श्रमस्वीकृतिको संख्या भने समावेश गरिएको छैन् । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

prabhu mahalaxmi
kumari