किप्टो कारोबारका विवादास्पद ब्यापारी श्रेष्ठ पक्राउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय कारोबार गर्न जारी गरेको नियम बिनियम, निर्देशन, आदेशबिपरीत क्रिप्टो करेन्सी (बिट क्वाइन) कारोबार गरेको आशंकामा विशाल सिमेन्टका पूर्व संचालक अमित श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
किप्टोमा संलग्नताको आशंकामा प्रहरीले हिजो असार २९ गते बुधबार श्रेष्ठलाई पक्राउ गरेको हो । अमित श्रेष्ठले क्यानडा र उनका भाइ सुवास श्रेष्ठले अष्ट्रेलियामा किप्टो कारोबार गरेको आशंकामा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको बुझिन आएको छ । श्रेष्ठ क्यानडामा बस्दै आएका छन् । उनी केही समयअघि नेपाल आएका थिए ।
किप्टो कारोबार गरेको आरोपमा पक्राउ परेका श्रेष्ठको पानीपोखरीस्थित निवासमा छापा मारी छानबिन गरिरहेको छ ।
श्रेष्ठ पक्राउको बारेमा अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईले अमित श्रेष्ठलाई पक्राउ गर्न टोली गएको र किप्टोको आशंकामा ल्यापटपहरु हेरिरहेको बताएका छन ।
यसअघि २०७५ मा सार्वजनिक भएको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा बाजेको सेकुवाका चेतन भण्डारीसँग अमित श्रेष्ठको पनि कनेक्सन रहेको बताइएको थियो ।

























