stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

‘नेपालमा गहुँ, चिनी निर्यात प्रतिबन्ध छैन’

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालमा लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले गहुँ, चिनी लगायत केही वस्तुमा लगाएको  निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने स्पष्ट पार्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घले बुधबार राजधानीमा आयोजना गरेको औपचारिक भेटवार्तामा राजदूत श्रीवास्तवले सो जानकारी दिनुभएको हो ।

 

“भारत नेपालको पनि आर्थिक विकास हुनुपर्छ भन्ने पक्षमा छ । हरेक प्रयासमा सहयोग गर्न भारत सदैव तयार छ,” राजदूत श्रीवास्तवले भन्नुभयो । “सडक, रेल, हवाई साथै डिजिटल कनेक्टिभिटीमा देखापरेका समस्या समाधान गर्दै नेपालको अर्थतन्त्रलाई बलियो बनाउन भारत सरकार तयार छ,” राजदूतले भन्नुभयो ।

भारत सरकारले रक्सौलमा अन्तर्राष्ट्रियस्तरको ल्याब स्थापना गरेको, काठमाडौँमा रहेको ल्याबलाई भारतमा एक महिनाभित्रै मान्यता दिने गरी काम भइरहेको राजदूतले बताउनुभयो ।

सो अवसरमा महासङ्घका अध्यक्ष शेखर गोल्छाले भारत सरकारका तर्फबाट केही अत्यावश्यक वस्तुको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय भएपछि नेपाली उद्योगलाई समस्या उत्पन्न हुन थालेको बताउनुभयो ।

नेपालमा लगानी विस्तार, व्यापारिक नाकाको पूर्वाधार विकास, प्रयोगशालाको स्तरीकरण तथा थप ल्याबको विस्तार, गैरभन्सार अवरोधजस्ता समस्या रहेको बताउँदै अध्यक्ष गोल्छाले भारतसंँगको व्यापार घाटालाई कम गर्ने कार्यमा भारतीय सहयोग अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष गोल्छाले नेपालमा भारतीय संयुक्त लगानी विस्तार, मुख्य नाकासम्म रेलमार्गको विस्तार, प्रयोगशालाको अभावमा कृषिजन्य उत्पादनको निर्यातमा हुने गरेको ढिलाइलाई भारत सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

तेस्रो मुलुकसंँगको व्यापारका लागि थप दुई बन्दरगाहको प्रयोग गर्ने सुविधाका लागि पनि उहाँले आग्रह गर्नुभयो ।

अध्यक्ष गोल्छाले महासङ्घले नेपाल सरकार, भारत सरकार, लगानी बोर्ड नेपाल, भारतीय उद्योग परिसङ्घको सहकार्यमा काठमाडौँमा नेपाल भारत लगानी सम्मेलन आयोजना गर्ने कार्यलाई अगाडि बढाएकाले सहयोग गर्न अनुरोध गर्नुभयो ।

prabhu mahalaxmi
kumari