stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

स्पेनलाई हराउँदै जर्मनी क्वाटरफाइनलमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । स्पेनलाई हराउँदै जर्मनी युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति समुह ‘बी’ को दोस्रो चरणको खेलमा जर्मनीले स्पेनलाई २–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

जर्मनीको जितमा क्लारा बुह्ल र अलेसान्द्रा पोपले एक एक गोल गरे । जितसँगै आठ पटकको युरोपियन च्याम्पियन जर्मनीले समुहका दुई खेलबाट ६ अंक जोडेको छ । समान खेलबाट ३–३ अंक जोडेका स्पेन र डेनमार्क क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् ।

 

 

मंगलबार राति नै भएको अर्को खेलमा डेनमार्कले फिनल्याण्डलाई १–० ले हराएको छ । युरोकप फुटबलमा आज बुधबार राति समुह ‘सी’ का दुई खेल हुनेछन् ।

बुधबार स्विडेनले स्विट्जरल्याण्ड्सँग खेल्दा पोर्चुगलको भिडन्त साविक विजेतानेदरल्याण्ड्ससँग हुनेछ ।

prabhu mahalaxmi
kumari