citizens life insurance long ad

असार २ गते हिमालयन जनरल इन्स्योरेन्सको विशेष साधारण सभा 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आगामी असार २ गते हिमालयन जनरल इन्स्योरेन्सले  विशेष साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको जेठ १५ गते आइतबार बसेको सञ्चालक समिति बैठकले विशेष साधारण सभा बस्ने निर्णय गरेको छ ।

विशेष साधारण सभामा एभरेष्ट इन्स्योरेन्ससंग मर्ज हुने प्रस्ताव पेश हुँदैछ । सभा एयरपोर्ट होटल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । हाल हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का छ ।

 

 

हिमालयन इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभिने भएपछि दुवैको सेयर कारोबार रोक्का गरिएको हो ।

यी दुई कम्पनीहरुबीच वैशाख २२ गते मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । हाल हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँ छ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ छ ।

यी बिमा कम्पनीले बिमा समितिले तोकिएको पुँजी पुर्याउनको लागि मर्जरको बाटो रोजेका हुन् । बिमा कम्पनीबीच यो पहिलो मर्जर सम्झौता पनि हो ।

समितिले निर्जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी १ अर्ब रुपैयाँबाट बढाएर साढे २ अर्ब रुपैयाँ पुर्याएको छ ।

IME Life
kumari