आज साँझ ६ बजेदेखि लाइसेन्सको अनलाइन आवेदन नयाँ प्रणाली सहित खुला हुँदै
काठमाडौं । सोमबार साँझ ६ बजेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन खुला हुने भएको छ ।
यातायात व्यवस्था विभागका अनुसार हालसम्म परेका सबै आवेदन रद्द गरी नयाँ आवेदन प्रणाली सहित लाइसेन्सको अनलाइन आवेदन खुला गर्न लागिएको हो ।
विभागले नयाँ लाइसेन्स प्राप्त गर्नका लागि मा लग इन गरी नयाँ आवेदन भर्न सकिनेछ । वर्ग थप गर्नका लागि भने अर्को सोमबार आवेदन खुला गरिने विभागले जनाएको छ ।





















