citizens life insurance long ad

आज नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्स्योरेन्सको ११.५७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज जेठ १६ गते अन्तिम दिन हो । जेठ ३० गते साधारण सभा बोलाएको कम्पनीले जेठ १७ गतेदेखि बुक क्लोज गर्दैछ ।

यसर्थ, आज जेठ १६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

 

यस्तै, अधिकृत पुँजी २ अर्ब रुपैयाँबाट बढाएर २ अर्ब ६० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि रहेको छ । सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक र सर्वसाधारण सेयरधनी समूहबाट २–२ जना सञ्चालकहरुको निर्वाचन हुनेछ ।

प्रस्तावित बोनस सेयर वितरणपछि पुँजी १ अर्ब ३७ करोड ८९ लाख ८५ हजार रुपैयाँ पुग्ने भएकाले सोही बजोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ ।

सञ्चालक समिति र उप समितिको बैठक भत्ता र सुविधा पुनरावलोकन गर्ने प्रस्ताव पनि रहेको छ ।

सभा, नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस इन्स्योरेन्सले १७ करोड ९४ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ७१ पैसा छ ।

IME Life
kumari