citizens life insurance long ad
stcnepal long ad

नाइजेरियामा भागदौड मच्चिदा कम्तीमा ३१ जनाको मृत्यु

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी। दक्षिणी नाइजेरियामा शनिबार एउटा भिडभाडयुक्त चर्चको परोपकारी कार्यक्रममा खाना बाँडिरहेको बेला भागदौड मच्चिदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ।

दक्षिणी रिभर्स स्टेटको पोर्ट हार्कोर्ट सहरमा भएको भागदौडमा उनीहरूको मृत्यु भएको छ घटनापछि मानिसका शव, जुत्ता तथा चप्पलहरू भुईँमा छरिएका प्रहरी र प्रत्यक्षदर्शीहरूले जनाएका छन्।

 

 

पोर्ट हार्कोर्ट पोलो क्लबमा एक स्थानीय किंग्स एसेम्बली चर्च सङ्गठनले गरिबहरूका लागि खाना र उपहारहरू प्रदान गर्दा भिड नियन्त्रणबाहिर गएको थियो।

‘दुर्भाग्यवश, भीड उथलपुथल र अनियन्त्रित भयो र आयोजकहरूले विवेक अपनाउन गरेका सबै प्रयास विफल भए’, प्रहरीले एक विज्ञप्तिमा भनेको छ।

IME Life
kumari