वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ४३ खर्ब ६७ अर्ब रुपैयाँ
कर्जा लगानी भने झन् घट्यो
Nepal Rastra Bank
काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार जेठ २ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ४३ खर्ब ६७ अर्ब रुपैयाँ छ । यो वैशाख २८ गतेको भन्दा ५ अर्ब रुपैयाँ बढी हो ।
यस्तै, वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह भने ५ अर्ब रुपैयाँले घटेको छ । वैशाख २८ गतेसम्म ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह जेठ ४ गते ४१ खर्ब ८५ अर्ब रुपैयाँमा आएको हो । सोमबारसम्म वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.४४ प्रतिशत रहेको छ ।






















