गुराँस लघुवित्तको नाफा ४७.९३ प्रतिशतले घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा गुराँस लघुवित्तको खुद नाफा ४७.९३ प्रतिशत ले घटेर १ करोड ५ लाख १३ हजार रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड १ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो ।
खुद ब्याज आम्दानी १०.१७ प्रतिशत ले घटेर ४ करोड ८३ लाख १३ हजार रुपैयाँमा सीमित भएको छ ।
सञ्चालन नाफा ४६.४५ प्रतिशत ले घटेर १ करोड ६५ लाख २१ हजार रुपैयाँमा आएको छ । चैत मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३८ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ७ पैसा छ ।

























