stcnepal long ad
ime life insurance
national life
global ime bank long

अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। आज मे ३ अर्थात् अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस। सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा हरेक वर्ष मे ३ का दिन विश्वभर ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ मनाइँदै आइएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा विभिन्न नारा तय गरिएको छ।

नेपालमा अघिल्ला २ वर्ष कोरोनाको प्रभावका कारण भौतिकरुपमा प्रत्यक्ष सहभागी भई खुल्ला कार्यक्रम आयोजना गर्ने अवस्था नरहे पछि यसवर्ष मनाईदैछ।

नेपालमा प्रेस स्वतन्त्रताका सवालमा डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन प्रसारणमार्फत् विविध कार्यक्रमको आयोजना गरिएको छ। पत्रकार महासंघ र उसका प्रदेश समिति र शाखाहरूको आयोजनामा देशभर विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ।

विश्व प्रेस स्वतन्त्रता दिवसमा युनेस्कोले ‘डिजिटल घेराबन्दीमा पत्रकारिता’ विषयमा छलफल चलाइरहेको छ। विश्वमा मिडियासँग सरोकार राख्ने संस्था र व्यक्तिहरूले हिजो, आज र भोलि यही विषयमा केन्द्रित रहेर औपचारिक तथा अनौपचारिक रूपमा छलफल गर्ने युनेस्कोको विश्वास छ।

नेपालमा पनि पत्रकार महासंघ तथा मिडियासँग आबद्ध अधिकारवादी अन्य संस्थाका पदाधिकारीहरू विभिन्न कार्यक्रममा सहभागी भएर यही विषयमा आफ्नो धारणा राखिरहेका छन्।

 

 

 

IME Lifesidebar
kumari