stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आयोडिन नुनको पीपीएम सरकारले कम गरेन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालमा आवश्यकता भन्दा अधिक मात्रामा आयोडिनको प्रयोग हुँदै आएको पाइएको छ । नेपालमा अधिक मात्रामा नुनको उपभोग गर्नेहरूको संख्या प्रतिदिन बढ्दै गए पनि सरकारले आवश्यक कुनै कदम चाल्न सकेको छैन ।

करिब डेढ वर्षअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोडिनयुक्त नुन अधिक मात्रा सेवन हुँदै आएकाले जनस्वास्थ्यमा ठुलो असर पुर्‍याउने बताउँदै आयोडिनको मात्रा घटाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई पत्राचार गरेको बताइएको थियो ।

तर, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डेढ वर्षदेखि नुनमा कति आयोडिन राख्ने कति मात्रा सेवन गर्ने विषयमा सरोकार पक्षहरूसँग छलफल गराइ कुनै निर्णय गर्न सकेको छैन,यसको मात्रालाई पुनर्मुल्यांकन गर्न सकेको छैन।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डेढ वर्षदेखि नुनमा कति आयोडिन राख्ने, कति सेवन गर्ने आदि विषयलाई अगाडि बढाउने प्रक्रिया रहेको मोहन कृष्ण महर्जनले जानकारी दिएका छन ।

नियमन निकाय गुण नियन्त्रण विभागले नुन उत्पादन गर्दा आयोडिन कति मात्रा राख्ने सम्बन्धी निर्देशिका बनाएर कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरी मन्त्रिपरिषद् बैठकबाट पारित गर्नुपर्दछ ।

यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना २०२१ र २०२५ मा सरकारले राष्ट्रिय नुन उपभोगमा न्यूनीकरण रणनीति बनाइ सार्वजनिक अभियान सञ्चालन गर्ने उल्लेख गरिएको थियो । यो काम पनि अघि बढन सकेको छैन।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल मिश्रका अनुसार आयोडिन नुन अधिक मात्रा सेवन गर्दा स्वास्थ्य हानी हुने भएकाले जनस्वास्थ्य दृष्टिबाट कृषि मन्त्रालयलाई पत्राचार गरिसकेकाले अब सम्बन्धित निकायले यस बिषयमा अनुसन्धान गरि अन्तरास्ट्रिय मापदण्ड अनुसार परिमाण तोक्नु पर्दछ ।

prabhu mahalaxmi
kumari