stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनीप्रति क्यान महासङ्घको ध्यानाकर्षण

देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने अवस्था आउन लागेकोमा (क्यान) महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाए

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने अवस्था आउन लागेकोमा कम्युटर एसोसिएशन अफ नेपाल (क्यान) महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घका महासचिव नारायण थापाले आज आइतवार विज्ञप्ति निकालेर इन्टरनेट सेवा प्रदायकले विदेशबाट ब्यान्डविथ खरिद गरे बापतको डलर भुक्तानीका लागि सरकारले सिफारिस नगरेको र महालेखाको बेरुजुलाई आधार बनाएर विभिन्न निकायबीच भइरहेको विवादका कारण इन्टरनेट सेवा बन्द हुने अवस्था आउनु दुःखद भएको बताउनुभएको छ ।

क्यान महासङ्घले इन्टरनेट जस्तो अत्यावश्यक सेवा बन्द हुनुअघि नै सम्बन्धित निकायले समस्याको समाधान गर्न पनि आग्रह गरेको छ ।

इन्टरनेट ब्यान्डविथ खरिद बापतको रकम विदेश पठाउन सरकारले सहयोग नगरेको भन्दै इन्टरनेट सेवा प्रदायकहरूको संस्था आइस्पानले हिजो शनिवार विज्ञप्ति निकालेर चुनावका बेला देशभरको इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको थियो ।

 

prabhu mahalaxmi
kumari