stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

निर्वाचनको व्यवस्थापकीय तयारीबारे प्रदेश र जिल्लास्तरका निर्वाचन अधिकारीसँग भर्चुअल बैठक सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ का सन्दर्भमा प्रदेश निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारीहरूसँग आज भर्चुअल माध्यमबाट बैठक गरी निर्वाचन सामग्री र मतपत्रको ढुवानी र समग्र व्यवस्थापकीय तयारीबारे जानकारी लिएको छ ।

निर्वाचनका लागि पठाइएका सामग्री र मतपत्रको सुरक्षा, पालिका तहमा वितरण, आयोगका परिपत्रहरूको कार्यान्वयन, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूसँगको समन्वय आदिबारे सो बैठकमा छलफल भएको छ ।

बैठकमा प्रदेश र जिल्लास्तरबाट उठाइएका विषयहरूमा स्पष्ट पार्दै आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले निर्वाचनको मिति आउन दुई साता मात्रै बाँकी रहेको स्थितिमा जिम्मेवारीको संवेदनशीलतालाई बोध गरी सक्रिय र प्रोएक्टिभ हुन निर्देशन दिँदै जिल्लास्तरमा जनशक्ति नियुक्त गर्दा व्यवसायिकता र सक्षमतालाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

उहाँले निर्वाचनसम्बन्धी सूचना र तथ्याङ्कहरू आयोगको प्रणालीमा प्रविष्टीका क्रममा कुनै समस्या भएका जिल्लास्तरबाट समाधान गर्नुपर्ने भएकाले चनाखो हुन आग्रह गर्दै प्राप्त सामग्री र बजेटलाई राम्रोसँग रुजु (अध्ययन) गरेर अपुग भएमा माग गर्न वा स्थानीयरूपमा व्यवस्थापन गर्न सकिने खालका भएमा त्यहीँ व्यवस्थापन गर्न सुझाव दिनुभयो ।

उहाँले फोटो सहितको मतदाता नामावलीमा यस पटक लाहाछाप लगाएर निर्वाचन अधिकृतलाई पठाइएको, मतगणनास्थलमा अनिवार्यरूपमा सिसी क्यामराको व्यवस्था गर्न भनिएको स्मरण गराउनुभयो ।

आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले मतदाता शिक्षासम्बन्धी कतिपय सामग्री
कुरियरबाट पनि पठाइएकाले सोको उचित वितरण प्रबन्ध गर्न आग्रह गर्नुभयो ।

उहाँले निर्वाचनका क्रममा बारम्बार सोधिने प्रश्नहरु, मतदान गर्ने सही तरिका, आचारसंहिता सम्बन्धी ब्रोसर, साझेदार संस्थाबाट प्राप्त जानकारीमूलक पुस्तक, जनस्वास्थ्य मापदण्डको पालना सम्बन्धी पोष्टर आदि पठाइको जानकारी दिनुभयो ।

आयोगका उपसचिव कमल ज्ञवालीले स्थानीयरुपमै हुन सक्ने व्यवस्थापकीय तयारी त्यहीँ गर्न वा सानातिना समस्याको आफै समाधान गर्न आग्रह गर्दै विद्यमान, ऐन, नियम, निर्देशिका, आयोगका निर्णय र परिपत्रहरुको सूक्ष्म अध्ययन गरेर निर्वाचनलाई व्यवस्थापकीयरुपमा सफल
तुल्याउन प्रदेश र जिल्लास्तरका अधिकारीहरुको भूमिका हुने अपेक्षा व्यक्त गर्नुभयो ।

prabhu mahalaxmi
kumari