stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आरटीजीएस प्रणाली शनिबार पनि सुचारु हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । वैशाख १७ गते शनिबार पनि रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली सञ्चालन हुने केन्द्रीय बैंकले जानकारी गराएको छ ।

केन्द्रीय बैंकले ‘विकास ऋणपत्र २०८८ र २०७९ ङ’ को ब्याज भुक्तानी गर्ने प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आरटीजीएस प्रणाली सञ्चालन राख्न निर्देशन दिएको हो । शनिबार बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुनेछ ।

आरटीजीएस प्रणाली मार्फत चेक नकाटी सीधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी गर्न सकिन्छ । यो प्रणाली अनुसार कारोबार भएको वास्तविक समय (रियल टाइम) मै बैंकहरुबाट तुरुन्तै भुक्तानी पाइनेछ भने चेकको क्लियरिङ गरिरहनु पर्दैन ।

prabhu mahalaxmi
kumari