stcnepal long ad
global ime bank long

झापाको काँकरभिट्टामा बैंक अफ काठमाण्डूको नयाँ शाखा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको काँकरभिट्टामा नयाँ शाखा उद्घाटन भएको छ । आइतबार एक समारोहका बिच मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य र बैंकका संचालक विजय कुमार श्रेष्ठबाट संयुक्त रुपमा औपचारिक समुद्घाटन सम्पन्न भएको हो ।

औपचारिक समुद्घाटन समारोहमा मेचीनगर नगरपालिकाका नगर उप–प्रमुख मिना पोखरेल उप्रेती, मेचीनगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष ललित बहादुर तामाङ्ग तथा मेची उद्योग वाणिज्य संघ, धुलाबारीका अध्यक्ष ऋषीराज तिम्सीनाले बैंकको काँकरभिट्टा शाखा कार्यालयको प्रगतिको शुभकामना प्रदान गरे ।

उक्त औपचारिक कार्यक्रममा बैंकका संचालक विजय कुमार श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए ।

मेचीनगर नगरपालिकाका नगर प्रमुख बिमल आचार्यले उक्त कार्यक्रममा बैंक अफ काठमाण्डू लिमिटेडलाई काँकरभिट्टामा स्वागत गर्नुको साथै स्थानिय महानुभावहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास नगरपालिकाले लिएको जानकारी दिए ।

IME Lifesidebar
kumari