stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

समस्यामा परेका ग्राहकलाई उपत्यकाका विभिन्न स्थानबाट आजदेखि ग्यास वितरण गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १९, २०७६ बुधबार

काठमाडौं । नेपाल ग्यास उद्योगले कोरोना भाइरसका कारण अति समस्यामा परेका ग्राहकलाई उपत्यकाका विभिन्न स्थानबाट आजदेखि ग्यास वितरण गर्ने भएको छ । उद्योगले बुधबारदेखि  दैनिक दुई स्थान गरी जम्मा ६ ठाउँबाट ग्यास वितरण गर्न लागेको हो । उपभोक्ताबाट नेपाल ग्यास नपाएको अत्यधिक गुनासो आएपछि उद्योगले काठमाडौं उपत्यकाका ६ ठाउँमा तीन दिनसम्म सुरक्षाकर्मीका साथमा ग्यास गर्न लागेको हो ।

आज बुधबार नेपाल ग्यास उद्योगले चावहिल चोक र वाफल चोक गरी दुई स्थानबाट ग्यास वितरण गर्न लागेको नेपाल ग्यास कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीले जानकारी दिए । उद्योगले दैनिक ५ सय ६० सिलिण्डर ग्यास उपभोक्ताको चोकमै गएर वितरण गर्न लागेको हो ।

भोलि बिहीबार कोटेश्वर र बानियाटार चोकबाट वितरण गर्ने उद्योगले तालिका बनाएको छ भने शुक्रबार भनिमण्डल चोक र महाराजगन्ज चोकमा ग्यास वितरण गरिने छ ।  बिहान १० बजेदेखि ग्यास वितरण गने कार्यतालिका उद्योगले बनाएको छ  । यसका अलवा डिपोबाट पनि दैनिक ५ देखि ६ हजारसम्म ग्यास भरिएका सिलिण्डर गइरहेको छ,’ उनले थपे ‘उपभोक्ताले नेपाल ग्यासको डिलरबाट ग्यास लिन सक्नु हुन्छ  ।

उपभोक्ताको गुनासोलाई सम्बोधन गर्न उहाँहरूलाई सजिलो होस् भन्नका लागि चोक–चोकमा गएर ग्यास वितरण गर्न लागेको उनले बताए ।  ‘आवश्यकता भए अझ थप सेवा दिन पनि तयार छौं,’ उनले भने ‘यो तीन दिन वितरण गरिसकेपछि केही सहज होला भन्ने हो ।’ यस्तै गुनासो आयो भने हामी फेरि यसरी नै ग्यास बाड्छौं ।’ डिलरबाट सहज भएसम्म डिलरबाटै दिन्छौं ।

उनले ग्यास नपाइएला भनेर आत्तिनु पर्दैन, कम्पनीले उद्योग रहेको स्थान बालाजु औद्योगिक क्षेत्रबाट पनि दैनिक ९.३० बजेदेखि १.३० बजेसम्म ग्यास वितरण गरिरहेको समेत जानकारी दिए ।

prabhu mahalaxmi
kumari