stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले बढ्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । यातायात व्यवस्था विभागले फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ । आजैदेखि लागू हुने गरी विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको हो ।

अन्तरप्रदेश यात्रुबहाक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा समान ५–५ प्रतिशतका दरले भाडा बढाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि गत चैत २५ गते पनि विभागले सार्वजनिक यातायातमा भाडा वृद्धि गरिएको थियो । भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागलाई १२ वैशाखमा सहमति दिएको थियो ।

हाल डिजेलको मूल्य प्रतिलिटर २३५.८३ रुपियाँ छ । विद्युतीय सवारीसाधनले भने भाडा बढाउन नपाउने विभागले जनाएको छ । यदि विद्युतीय सवारीसाधनले भाडा बढाएमा कारबाही हुने विभागले चेतावनी दिएको छ ।

prabhu mahalaxmi
kumari