मनोरञ्जन कर बुझाउन काठमाडौंमहानगरको ताकेता
काठमाडौं । मनोरञ्जन कर बुझाउन सम्बन्धित क्षेत्रलाई काठमाडौं महानगरपालिकाले ताकेता गरेको छ । काठमाडौंमहानगरले सूचना निकालेर मनोरञ्जनसँग सम्बन्धित व्यापार व्यवसाय गर्ने व्यक्ति र संस्थालाई कर बुझाउन आग्रह गरेको हो ।
वाग्मती प्रदेशको प्रदेश आर्थिक ऐन, २०७८ को अनुसूची–३ ले तोकेको दररेट अनुसार महानगरभित्रका व्यवसायलाई राजस्व विभागमा कर बुझाउन भनिएको छ ।

दररेट अनुसार चलचित्र टिकट बापत ५ प्रतिशत, क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट प्रतिव्यक्ति ५० रुपैयाँ, भिडियो घर, कन्सर्ट, दोहोरी साँझ, डान्सबार तथा रात्रिक्लब प्रवेश गर्ने ग्राहकबाट प्रतिव्यक्ति २० रुपैयाँ र सांस्कृतिक प्रदर्शन हल, थियटर वा नाटक घर, फनपार्क, वाटर गार्डेन, बालउद्यान, फुटसल, जुम्बा, मसाज एवम् स्पा, स्विमिङ्ग पुल, पार्क प्रवेश गर्दा एकमुस्ट प्रति टिकट ५ प्रतिशत बुझाउनु पर्ने सूचनामा उल्लेख छ ।
























