stcnepal long ad
ime life insurance
global ime bank long

सनको ह्याट्रिकमा टोटेनहमको सानदार जित

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्परले सानदार जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले एस्टन भिल्लालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

टोटेनहमलाई सानदार जित दिलाउनको लागि दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको ह्याट्रिक गरे । एक गोल डिजान कुलुसेभ्स्कीले थपे । तेस्रो मिनेटमा नै ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । ५०औं मिनेटमा कुलुसेभ्स्कीले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे ।

६६औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई ३–० ले अघि बढ्यो । ७१औं मिनेटमा डिजान सनले ह्याट्रिक पुरा गर्दै टोटेनहमलाई फराकिलो जित दिलाए । यो जितसँगै टोटेनहम ३१ खेलबाट ५७ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित एस्टन भिल्ला ३१ खेलबाट ३६ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

prabhu mahalaxmi
kumari