citizens life insurance long ad
stcnepal long ad

सिद्धार्थ बैंक र हेफर इन्टरनेसनल नेपालबीच सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ बैंक र हेफर इन्टरनेसनल नेपालबीच महिला उद्यमी तथा साना किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ। सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र हेफर नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले हस्ताक्षर गरेका छन्।

सो सम्झौता अनुसार पशुपालन सम्बन्धी कृषि क्षेत्रहरु जस्तै– बाख्रापालन, पशुपालन तथा तरकारीलगायतका मूल्य शृंखलाहरुमा संलग्न महिला उद्यमी तथा साना किसानलाई सहज ढंगले अनुदानमा आधारित वित्तीय कर्जा उपलब्ध गराउन बैंक र हेफर इन्टरनेसनल नेपालबीच उक्त सम्झौता भएको हो।

यस साझेदारीको मुख्य उद्देश्य महिला उद्यमी तथा साना किसानहरुको व्यवसाय विस्तार गर्ने क्षमताको मूल्यांकन र विकासमा केन्द्रित गर्ने रहेको छ। उक्त योजनामा हेफर नेपालका तर्फबाट सामाजिक उद्यमी महिला सहकारी र स्थानीय सरकार पनि आबद्घ रहेका छन्।

महिला सहकारी वा स्थानीय सरकारले उद्यमीहरुको पहिचान र सिफारिसलाई बैंकसँग जोड्न सहज बनाउनेछन्। यसका साथै समाजमा उच्चस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्य लिई आफ्नो १९० शाखा कार्यालय र ११४ शाखारहित बैंकिङ सेवाबाट फराकिलोे पहुँच रहेको सिद्धार्थ बैंकले उक्त सम्झौताअनुरुप उद्यमीहरुलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्ने विश्वास लिएको छ।

IME Life
kumari