सनराइज बैंकको १ लाख ९५ हजारभन्दा बढी कित्ता शेयर विक्रीमा
काठमाडौं । सनराइज बैंकको १ लाख ९५ हजार ७५६ कित्ता संस्थापक शेयर आज चैत २१ गतेदेखि विक्रीमा आएको छ । बैंकले सदस्य भरत कुमार श्रेष्ठको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।






















